सुन्दरहरैचामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

सुन्दरहरैचामा ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका ६ स्थित भित्री सडकमा ट्याक्टरको ठक्करबाट मंगलबार बालकको मृत्यु भएको हो।

प्रहरीका अनुसार सुन्दरहरैचा ६ सिसौघारीका टेकबहादुर राईका तीन वर्षीय छोरा क्षीतिज राईको घटनास्थलमै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालका अनुसार घर नजिकै खेल्ने क्रममा बालकलाई ट्याक्टरले ठक्कर दिएको थियो ।

प्रहरीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ त ६००६ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । चालक फरार छन्। चालकको खोजी भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्