१० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताकाे तयारी पुरा: अायाेजक समिति

१० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिताकाे तयारी पुरा: अायाेजक समिति

विराटनगर २ माघ । १० औँ सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
मोरङ जिल्ला सफ्ट टेनिस संघ मोरङले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी आगामी माघ ४ गतेदेखि ६ गते सम्म विराटनगरको बैजनाथपुर रंगशाला र जुट मिलमा रहेको कोर्टमा प्रतियोगिता हुने जानकारी गराएको हो ।

[caption id="attachment_45537" align="aligncenter" width="2048"] १० औँ सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको बारे जनाकारी गराउदै मोरङ जिल्ला सफ्ट टेनिस संघ मोरङका पदाधिकारीहरु ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर डट नेट

[/caption]

संघका अध्यक्ष श्यामकुमार लामाले प्रतियोगिताको सम्पुर्ण तयारी भएको बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने अध्यक्ष लामाले जानकारी दिए । तीनदिनसम्म सञ्चानल हुने प्रतियोगितामा पाँच विकाश केन्द्र र दुइ विभागीय जनपथ र शसस्त्र प्रहरीका खेलाडि, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जना तथा ११ जना निर्णयकको सहभागि हुने छन् । प्रतियोगिता सम्पन्न गर्न एक मुल व्यवस्थापन समिती र आठ उप–समिती गठन गरेको जनाएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्