काठमाडौं । सांसद दीपक मनाङेलाई सर्वोच्च अदालतले ५ वर्ष कैद सजाय हुने पाटन अदालतको फैसला सदर गरेको छ । मंगलबार न्यायाधीशहरु दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको इजलासले पुरानो फैसला सदर गरेपछि मनाङे अब जेल जानुपर्ने भएको छ ।
२०६१ सालमा चक्रेमिलन लगायत समूहलाई दीपक मनाङे समूहले खुकुरी प्रहार गर्दै चक्रे मिलनको हात काटिदिएको थियो । उपचारपछि चुडिएको उनको हात जोडिएको थियो । उक्त घटनाको उजुरी जिल्ला हुँदै सर्वोच्चमा पुगेको थियो ।
सर्वोच्च अदालतले पाटन अदालतको फैसलालाई नै सदर गर्दै मनाङेलाई ५ वर्षको जेल सजाय सुनायो भने अन्य चार जनालाई सफाई दियो । दीपकसहित उक्त मुद्दाका रेवत कार्की, रमेश सुनुवार, गणेश लामा र उमेश लामा लगायतले भने सफाइ पाएका छन् ।