सरकारले मन्त्रिपरिषद बैठक बोलायो, प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी

<span class='c1'>सरकारले मन्त्रिपरिषद बैठक बोलायो, प्रदेश</span> <span class='c2'>प्रमुख नियुक्ति गर्ने तयारी</span>

काठमाडौँ,माघ ३ । प्रदेश प्रमुखको नियुक्ति गर्न सरकारले मन्त्रिपरिषद बैठक बोलाएको छ । लामो समयदेखि स्थगित हुँदै आएको बैठक बुधवार बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने सरकारले तयारी गरेको हो ।

राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा भएसँगै प्रदेश प्रमुख नियुक्ति गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएपछि सरकारले बुधवार मन्त्रिस्तरीय बैठकबाट नै नियुक्ति गर्ने जनाएको हो । यसअघि मंगलवार बस्ने भनिएको मन्त्रिपरिषद बैठक प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि स्थगित गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएपछि प्रधानमन्त्रीले बैठक स्थगित गर्नुभएको हो ।

प्रदेश प्रमुख नियुक्ति नहुँदा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न समस्या भएको भन्दै निर्वाचन आयोगले समेत सरकारलाई ताकेता गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्