महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा एक व्यक्तिको हत्या

महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा एक व्यक्तिको हत्या

काठमाडौं, ३ माघ । महिलासँगको सम्बन्धलाई लिएर निस्केको विवादमा भक्तपुरमा एक व्यक्तिलाई मन्दिर लगी हत्या गरिएको छ ।

चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजुलाई मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा लगी हत्या गरिएको हो । मंगलबार हत्या गरिएपनि बुधबार विहान मात्र हत्याबारे जानकारी प्राप्त भएको हो ।

कृषि पेसामा आबद्ध सैंजुको शव बुधबार बिहान ५ बजे भक्तपुर नगरपालिका–९ ब्रह्मायणीमा घोप्टो परेको अवस्थामा फेला परेको थियो । उनलाई इट्टै इट्टाले हानी हत्या गरिएको प्रहरीले जनाएको छ ।

स्रोतका अनुसार, सो घटनामा संलग्न भएको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा उनकै आफन्तहरु रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्