नर्सहरूकाे आन्दोलन एक सातादेखि जारी

नर्सहरूकाे आन्दोलन एक सातादेखि जारी

विराटनगर ३ माघ । विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका नर्सहरुले बुधबार विराटनगरस्थित कोशी अञ्चल अस्पतालबाट र्याली निकालेका छन् । विभिन्न ११ बुँदे माग राख्दै एकहप्तादेखि मुुलुकभर आन्दोलनमा उत्रिएका नर्सहरुले दबाब स्वरुप र्याली निकालेका थिए । कोशी अञ्चल अस्पतालबाट निकालिइएको र्याली हस्पिटल चौक, जलजला मोड, गोल्छा मोड हुदै पुन कोशी अञ्चल अस्पतालमा आएर कोणसभामा परिणत भएको थियो ।
कोण सभामा बोल्दै नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङकी उपाध्यक्ष अजिता बराल, सचिव मेनुका भण्डारीले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशनमा परेका नर्सहरुलाई तत्काल पुनर्वहाली गर्नु पर्नेमा जोड दिएका थिए । हातमा कालोपट्टी बाँधेर विरोधमा उत्रिएका उनीहरुले नर्सहरुको सेवा, सुविधा वृद्धि गर्नु पर्ने सहितका ११ बँुदे माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्