पेट्रोलियम पदार्थको मूल्य फेरी बढ्यो

<span class='c1'>पेट्रोलियम पदार्थको मूल्य</span> <span class='c2'>फेरी बढ्यो</span>

काठमाडौँ (रासस) । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

 रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य समायोजन गरेको हो ।

समायोजित मूल्यअनुसार पेट्रोलमा रु एक, डिजल र मट्टितेलमा रु दुई मूल्य बढ्ने  निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । मूल्य बढेपछि पेट्रोल रु १०३ र डिजल तथा मट्टितेलको मूल्य रु ८१ कायम भएको छ ।

जनवरी १५ मा इण्डियन आयल कर्पोरेशन (आइओसी)ले पठाएको मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । प्रत्येक १५ दिनमा पेट्रोल, डिजल र मट्टितेलको मूल्यमात्रै आइओसीले पठाउँछ भने प्रत्येक १ तारिखमा सबै पेट्रोलियम पदार्थको मूल्य पठाउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्