प्रदेश सांसदलाई प्रमाणपत्र भोलि : एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

प्रदेश सांसदलाई प्रमाणपत्र भोलि : एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

काठमाडौं : निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकतर्फको औपचारिक नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७४ मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फको २२० सिटमा निर्वाचित सांसदको नाम सार्वजनिक गरेको हो ।

निर्वाचित सदस्यलाई आयोगले शुक्रबार प्रमाणपत्र दिने भएको छ । उनीहरूले एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ खानु पर्नेछ । सरकारले प्रदेश प्रमुख नतोक्दा आयोगले परिणाम सार्वजनिक गरेको थिएन । दलहरुले प्राप्त गरेको सिटअनुसार छनोट गरी आयोगसमक्ष पठाएका अन्तिम उम्मेदवारलाई प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा (७) बमोजिम आयोगले निर्वाचित घोषणा गरेको हो ।

प्रदेशसभातर्फ एमाले ७५, कांग्रेस ७२, माओवादी केन्द्र ३५, संघीय समाजवादी फोरम नेपाल १३ र राजपाले १२ सिट पाएका छन् । राप्रपा र विवेकशील साझाले तीन/तीन, राजमोले दुई, नयाँ शक्ति, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल संघीय समाजवादी पार्टी, नेमकिपा, राप्रपा (प्रजातान्त्रिक) ले एक/एक सिट पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्