प्रदेश राजधानी नभएको बिरोधमा धनकुटाका सरकारी कार्यालयमा आगजनी

प्रदेश राजधानी नभएको बिरोधमा धनकुटाका सरकारी कार्यालयमा आगजनी

सरकारले प्रदेश नं. १ को अस्थायी मुकाम विराटनगरलाई तोकेपछि धनकुटामा बुधबार साँझदेखि नै आन्दोलन चर्किएको छ । आन्दोलनकारीले बिहिबार क्षेत्रीय प्रशासन कार्यालयमा आगजनी गरेका छन् ।

आगजनीबाट कार्यालयको एउटा कोठामा रहेका कम्युटर, प्रिन्टर तथा कागजातहरुमा क्षति पुगेको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए । प्रजिअ उप्रेतीका अनुसार आन्दोलनकारीले जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, सहरी विकास कार्यालयका सिसा पनि फुटाइदिएका छन् ।

आन्दोलन चर्कंदै गएपछि जिल्ला प्रशासन कार्यालयले सदरमुकामका केही भागलाई  निषेधित क्षेत्र घोषणा गरेको छ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा केहि आन्दोलनकारी र प्रहरी घाइते भएको समेत प्रजिअ उप्रेतीले जानकारी दिए । धनकुटा बजारमा बुधबार साँझ पनि मशाल जुलुस निकालिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्