एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा सुरु

एनआईसी एशिया बैंकको नयाँ शाखा झापाको झिलझिलेमा सुरु

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा शिवसताक्षी नगरपालिका वडा नं. ०८, झापास्थित झिलझिले शाखाको बिहीबार उद्घाटन भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले विधिवत उद्घाटन गरेका हुन् ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।  यस बैंकले मुलुकभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरु मार्फत ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखाहरु संचालन गर्ने योजना अगाडी सारेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्