सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला

<span class='c1'>सुतिरहेको अवस्थामा एक</span> <span class='c2'>व्यक्ति मृत फेला</span>

रत्ननगर, चितवन, ५ माघ : चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा गएराति सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।

गएराति ८ बजे लक्ष्मण महतोका ३३ वर्षीया छोरा किरण महतो आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

खाटमा सुतिरहेका उनलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरिएको परिवारको भनाइ उद्धृत गर्दै चितवन प्रहरीले जनाएको छ । राति घटना भएकाले रातभर प्रहरी घटनास्थलमै बसेको र अहिले बिहान मुचुल्का उठाउन टोली पठाइएको छ । उनको घाँटीमा डामजस्तो देखिएको जनाइएको छ । मृत्युको कारण भने खुलेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्