धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा

धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा

धनकुटा, माघ ५ – धनकुटाको चार ठाउँमा अनिश्चितकालको लागि निषेधाज्ञा जारी गरिएको छ । बिहीबार दिउँसोदेखि लगाइएको कफ्र्यू हटाएर शुक्रबार बिहानदेखि आत्माराघाट, चिरबिरे चौतारो, काजते र बिहीबारे हटियालाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि आक्रोशित भएका धनकुटाबासीले हिजो सरकारी कार्यालय, गाडी, बजारमा तोडफोड र आगजानी गर्दै हिँडेपछि निषेधित क्षेत्र घोषणा गरिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताउनुभयो ।

यस्तै प्रदेश नम्बर ५ को राजधानी माग गर्दै आह्वान गरिएको अनिश्चितकालिन बन्दका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

तीन दिनदेखि बन्दा हुँदा बजार, कलकारखाना, विद्यालय सबै ठप्प छन् । यसैगरी प्रदेशको राजधानी माग गर्दै प्रदर्शन हुन थालेपछि डोटी र वीरगंजमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ । (उज्यालो अनलाइन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्