विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

विराटनगरमा १० औं राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता सुरु

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशबकुमार विष्टले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा पाँच विकास केन्द्र र दुई विभागीय  जनपथ र शसस्त्र प्रहरीका  खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी ९८ जनाका साथै ११ जना निर्णायकको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष एकल, महिला एकल, पुरुष तथा महिलाको डवल, मिक्स डवल र पुरुष तथा महिलाको टिम इभेन्ट्सका खेलहरु समावेश गरिएको छ । बिहीबार महिला एकलको पहिलो चरणको खेलहरु सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चानल हुने प्रतियोगिता सम्पन्न गर्न १२ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्