नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै प्रर्दशन

नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै प्रर्दशन

वीरगंजस्थित नेपाल–भारत सीमामा ५० विगाहा जमिन भारतीय पक्षले मिचेको भन्दै सरकारविरुद्ध काठमाडौंमा प्रर्दशन सुरु गरिएको छ । सीमा क्षेत्रको विषयमा वकालत गर्दै आएको ग्रेटर नेपालले मिनभवनस्थित नापी विभागमा पुगेर नेपालको सिमा भारतले मिच्दा समेत सरकारले वास्ता नगरेको भन्दै एक घण्टे धर्नासहित विरोध प्रर्दशन गरेको हो । त्यस अवसरमा ग्रेटर नेपालका अध्यक्ष फनिन्द्र नेपालले नापीको जिम्मा लिएको नापी विभागकै कारण नेपालले एकपछि अर्को ठाउँको जमिन गुमाउँदै जानु परेको आरोप लगाउनु भयो । ग्रेटर नेपालले भारतले हालसम्म नेपालको १ हजार ३ सय वर्ग किलोमिटर जमिन मिचेको दावी गर्दै त्यसको विरोधमा विभिन्न अभियान संचालन गर्दै आएको छ ।

यता, सरकारले भने वीरगंजमा भारतले नेपालको सीमा नमिचेको स्पष्टिकरण दिएको छ । नापी विभागमा महानिर्देशक गणेशप्रसाद भट्टले वीरगंजमा नेपाली भूभाग भारतीय पक्षले मिचेको भन्न नमिल्ने दावी गर्नु भयो । उहाँले नापी विभागले प्रमाणको आधारमा मात्रै आफ्नो कार्य सम्पादन गर्दै आएको तर्क समेत गर्नु भयो । नापी विभागले वीरगंजमा भारतले नेपाली भूमिका मिचेको हो, होइन, छानवीन गर्न निर्देशक नेतृत्वकै टोली फिल्डमा पठाइ सकिएको पनि जनाएको छ ।

विभागले वीरगंज नगरपालिकास्थित नेपाल भारत सीमामा नेपालको ५० विघाभन्दा बढि जमिन मिचिएको भन्ने समाचारको खण्डन गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्