‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ हुदै

‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ हुदै

विराटनगर ६ माघ । यसवर्ष ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४’ आगामि माघ ८ गते सोमबार देखी सुरु हुनेभएको छ । उच्च शिक्षालय तथा विद्यालय संघ(हिसान) मोरङको आयोजनामा प्रत्येक वर्ष सञ्चालन हुदै आएको उक्त खेल महोत्सव हुदै आएको छ ।

उच्च शिक्षालय तथा विद्यालय संघ (हिसान) मोरङका अध्यक्ष बलराम पन्तले यसवर्षको ‘हिसान इस्लिङटन स्पोर्टस् मिट २०७४ मा २१ विद्यालयका करीब १ हजार ३ सय ८४ विद्यार्थीले भाग लिने जानकारी दिनुभयो । विगतका वर्षहरुमा झैँ यसवर्ष पनि फुटबल, क्रिकेट, भलिवललगायतका सम्पूर्ण खेलहरु समावेश गरिने र यसवर्षदेखी बास्केटबल समेत थप गरिएको जनाइएको छ । स्पोर्टस् मिटको उद्घाटन खेलसहित फुटबलका सबैै इभेन्टहरु शहिद रंगशालामा हुनेछन । त्यस्तै क्रिकेट खेल विराटनगर १९ बैजनाथपुर रंगशालामा हुने छ । यसवर्ष देखी थप गरिएको बास्केटवल प्रतियोगिता भने मेरिल्याण्ड कलेज विराटनगरमा हुने छ । यस पटक इनोभेट नेपाल ग्रुपको प्रयोजनमा उक्त स्पोर्ट्स मिट हुन लागेको   हो , इस्लिङटन कलेज काठमाण्डौ मुख्य प्रायोजक रहेको कार्यक्रममा मेरिल्याण्ड कलेज बिराटनगर र इटहरी इन्टरनेसनल कलेज सह-प्रायोजक रहेका छन् । स्पोर्ट्स मिटको अफिसियल मिडिया    पार्टनर आवर बिराटनगर डट नेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्