आर्थिक समृद्धि नै सबैको अब पहिलो एजेन्डा : राष्ट्रपति

आर्थिक समृद्धि नै सबैको अब पहिलो एजेन्डा : राष्ट्रपति

माघ ६  । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परिवर्तन स्थापित भईसकेकाले अवकोआगामी दिन आर्थिक समृद्धिका लागि केन्द्रीत हुनुपर्ने बताउनु भएको छ । उहाले निर्वाचनपछी मुलुक राजनितिक स्थाईको चरणमा रहेकाले आर्थिक समवृद्धिनै सवैको अव पहिलो एजेन्डा हुनुपर्ने वताउनुभयो ।
मोरङको बेलबारी नगरपालिका–१ नक्सालबारीस्थित जनता आधारभुत निम्न माध्यमिक विद्यालयको आज स्वर्ण स्मारक अनावरण गर्नुहुँदै राष्ट्रपति भण्डारीले राजनीतिक परिवर्तनले पूर्णता पाएको बताउनु भएको हो ।
राष्ट्रपति भण्डारील जनताको राजनीतिक परिवर्तन स्थापित हुँदै देश संघीय संरचनामा गएकोले अबका दिन दिगो विकास र आर्थिक समृद्धिमा राजनीतिक केन्द्रीत हुनुपर्ने बताउनुभयो । उहाले नेपाली जनताले अव परिवर्तन चाहेकाले कृषि, पुर्वाधार, पर्यटन क्षेत्रमा लगानी आवश्यक रहेको बताउनुभयो ।

उहाले उत्तरी मोरङमा पर्यटनक्षेत्रको विकासको प्रचुर संभावना भएकाले विदेश पलायन हुने युवाहरुलाई कृषि र पर्यटनमा जोड्न गरी राज्यले योजना वनाउनुपर्ने वताउनुभयो ।राष्ट्रपति भण्डारीले सामुदायिक विद्यालयलाई विकासको लागि राज्यको उचित ध्यान जानुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री राजनकुमार केसीले, सांसद भानुभक्त ढकालले अवको शिक्षा युवा स्वरोजगार हुनुपर्नेमा जोड दिनु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्