सात वटा प्रदेशमा आज प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदै

<span class='c1'>सात वटा प्रदेशमा आज प्रदेश</span> <span class='c2'>सांसदहरुको सपथ ग्रहण हुँदै</span>

काठमाडौँ,माघ ७ । सात वटा प्रदेशमा आइतबार प्रदेश सांसदहरुको सपथ ग्रहण हुँदैछ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र सात वटै प्रदेशका सांसदहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले प्रदेश प्रमुखहरुसँग छलफल गर्दै आइतबार बिहान ११ बजेभित्र सबै प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहण गराउने सहमति गरेको थियो । सात वटै प्रदेशको अस्थायी राजधानीमा प्रदेशसभाका सदस्यलाई सपथ गराइने छ ।

आइतबार हुने सपथ ग्रहणको सुरुमा प्रदेश प्रमुखले प्रदेशसभाका सांसदमध्ये सबैभन्दा ज्येष्ठ सदस्यलाई पद तथा गोपनीयताको सपथ खुवाउनेछन् । त्यस लगत्तै ज्येष्ठ सदस्यले प्रदेशसभाका सदस्यहरुलाई सपथ खुवाउनेछन् । सपथ ग्रहण लगत्तै ज्येष्ठ नागरिकको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्