किन्डर पिलर मन्टेस्वरीद्धारा असाहाय बालबालिकालाई न्यानो कपडा वितरण

<span class='c1'>किन्डर पिलर मन्टेस्वरीद्धारा असाहाय</span> <span class='c2'>बालबालिकालाई न्यानो कपडा वितरण</span>

विराटनगर ७ माघ । ईटहरीमा रहेको किन्डर पिलर मन्टेस्वरीले असाहाय बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । ईटहरीको बाल सेवा आश्रमका बालबालिकाहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।सामाजिक सञ्जाल फेसबुकमा न्यानो कपडाको आवस्यक देखेर बालबालिकाहरुलाई सहयोग गरिएको किन्डर पिलर मन्टेस्वरीका संञ्चालिका श्रुति शर्माले जानकारी दिईन् ।
स्कूलका बिद्यार्थीहरुले पनि घरबाट ल्याएको चाउचाउ, बिस्कुट, चकलेट लगायत आश्रमका बालबलिकालाई प्रदान गरिएको शर्माले आवर विराटनगर डट नेटलाई जानकारी दिईन् ।
आश्रमकी गिता गौतमलाई २५ थान न्यानो लुगा र खानेकुराहरु प्रदान गरिएको उनले जनाकारी दिईन् ।
साथै आश्रममै रहेकी ्र२ बर्षकी बालिका सेञ्चुरीलाई स्कुलकी सञ्चालीका श्रुती शर्माले स्कुलमा निःशुल्क पढाउने जानकारी दिईन् ।
बाचा गरी कार्यक्रममा सञ्चालिका शर्मा,प्रशाशन प्रमुख रोमीत शर्मा लगायत अध्यापिका लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्