ईलाममा हात्तीले कुल्चिएर एक जनाको मृत्यु 

<span class='c1'>ईलाममा हात्तीले कुल्चिएर</span> <span class='c2'>एक जनाको मृत्यु </span>

ईलाम, माघ ८, ईलामको चुलाचुली गाउँपालिका ३ स्थित पेल्टीमारीमा आईतबार दिउँसो जंगली हात्तीले कुल्चिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही गाउँपालिका बस्ने ५२ बर्षिय सोमनाथ भण्डारी (गिरी) रहेको प्रहरी चौकी पोल्टिमारीले जनाएको छ।

दिउँसो करिब ३;२० बजेको समयमा आफ्नै बारीमा पानी लगाउँदै गरेका भण्डारीलाई जंगलबाट निस्किएको हात्तीले अचानक आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट गम्भीर बनेका भण्डारीलाई उपचारकालागी झापातर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्