ट्राफिक चोकबाट अवैध भारू ८ लाख पचास हजार नोट सहित मितल पक्राउ

<span class='c1'>ट्राफिक चोकबाट अवैध भारू ८ लाख</span> <span class='c2'>पचास हजार नोट सहित मितल पक्राउ</span>

विराटनगर ८ माघ । अवैध रुपमा भारतिय नोट सहित मोरङ प्रहरी एक जनालाई पक्राउ गरेको छ ।
विराटनगर ९ स्थित ट्राफिक चोकमा सोमबार अनाधिकृत रूपले पैसा सटही गर्ने उद्देश्यले मानिस हिडिरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक सुवास भट्टराईको कमाण्डमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले ट्राफिक चोक स्थितमा संकास्पद रूपमा हिडिरहेका जिल्ला झापा भद्रपुर १ बस्ने बर्ष ५० को आनन्द मितल को शरिर खानतलासी गर्दा निजको साथबाट अवैध भारतिय २००० दरका ४२५ थान भारू ८५०००० (आठ लाख पचास हजार) नगद फेला पारी उक्त नगद वरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई राखिएको र उक्त नगद सहित मानिस आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्