धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी मेला हुने

<span class='c1'>धरानमा तेस्रो राष्ट्रिय कृषि</span> <span class='c2'>यान्त्रीकरण प्रर्दशनी मेला हुने</span>

सुनसरीको धरानमा तेस्रो राष्ट्रिय कृषि यान्त्रीकरण प्रर्दशनी मेला हुने भएको छ ।

आगामी फागुन १० गतेदेखि सुनसरीको धरानमा तेस्रो राष्ट्रिय कृषि प्रर्दशनी मेला आयोजना गर्न लागिएको आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै नेपाल कृषि मेशिनरी व्यवसायी संघका महासचिव खोजराज कटुवालले ‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने मूल नाराका साथ प्रर्दशनी आयोजना गर्न लागिएको जानकारी दिनु भयो । मेलामा आधुनिक कृषि यन्त्र, सिंचाई प्रविधि, गुणस्तरीय विउविजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसायलगायत कृषि, पशुपालन र त्यसको प्रशोधन तथा बजारीकरणका बारेमा जानकारी दिने राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरु सहभागी हुनेछन । ४ दिनसम्म चल्ने मेलामा १ सय ५० भन्दा बढि स्टल रहनेछ । मेलामा करिव १० करोडको आर्थिक कारोबार तथा ५० हजारले अवलोकन गर्ने अपेक्षा पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्