एनआईसी एशिया बैंकको २ नयाँ शाखाहरु, मेचिनगर नगरपालिका वडा नं. १०, झापा स्थित काकरभिट्टा र मेचिनगर नगरपालिका वडा नं. ०६, झापा स्थित धुलाबारीमा समुद्घाटन भएको छ ।
शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । यी २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले देशभर १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट सेवा प्रदान गर्दै आईरहेको छ ।