शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ

<span class='c1'>शरदकुमार गौचनलाई गोली</span> <span class='c2'>हान्ने सुटर पक्राउ</span>

काठमाडौं । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हान्ने सुटर पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सुटर श्याम लामा गुम्बेलाई रुपन्देहीबाट पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी कार्यालयका एसपी श्याम ज्ञवालीले बताएका छन् ।
गुन्डा नाइके समिरमान सिंह बस्नेतको योजनामा पूर्व सैनिक गुम्वेले गोली चलाएको बयान सिंहले प्रहरीमा दिएको एसपी ज्ञवालीले बताए ।

गएको असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरीबोटमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोली हानी हत्या गरिएको थियो । हत्याका योजनाकार समिरमानलाई प्रहरीले गत मंसीर १७ गते पक्राउ गरी सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्