हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु, कान्तिपुरले क्रिकेटमा जित्यो

<span class='c1'>हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा</span> <span class='c2'>सुरु, कान्तिपुरले क्रिकेटमा जित्यो</span>

विराटनगर, ९ माघ , हिसान मोरङको आयोजनामा ८ औं हिसान इस्लिंगटन स्पोर्टस् मिट विराटनगरमा सुरु गरिएको छ ।

सोमबार विराटनगर महानगरपालिका मेयर भीम पराजुली क्रिकेट खेलेर  प्रतियोगिताको उद्घाटन गरी इस्लिंगटन हिसान स्पोर्ट्स मिट सुरु भएको हो ।सोमबार भएको क्रिकेट खेलमा विराटनगरको  कान्तिपुर इन्टरनेसनल कलेज विजयी भएको छ । कान्तिपुर कलेज सेमिफाइलनमा प्रवेश गरेको छ ।कान्तिपुर इन्टरनेसनल कलेजले अर्किड कलेजलाई ४ विकेटले पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको अर्किडले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा १ सय ३ रन बनाउन सक्यो  । १ सय ४ रनको विजयी लक्ष्य पाएको कान्तिपुरले १७ दशमलव २ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो । खेलको म्यान अफ द म्याच कान्तिपुरका अजय यादवले सार्वाधिक ४० रन बनाएका थिए ।

प्रतियोगिताको मंगलबारको पहिलो क्रिकेट खेल लर्डबुद्ध र ग्रीनल्याण्ड कलेज तथा दोस्रो खेल अरनिको कलेज र मोर्डन एरा कलेज विच प्रतिस्पर्धा हुनेछ । आज दिउसो सहिद मैदानमा फुटबल खेल पनि सुरु हुने छ ।
माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १ हजार ३ सय ८४ विद्यार्थी खेलाडि सहभागि हुने हिसान मोरङका अध्यक्ष बलराम पन्तले जानकारी दिए । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल, टेवल टेनिस, दौड र बास्केटबलखेलहरु समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्