ताप्लेजुङमा दुई घरमा आगलागी, २६ लाख बढीको क्षति

<span class='c1'>ताप्लेजुङमा दुई घरमा आगलागी,</span> <span class='c2'>२६ लाख बढीको क्षति</span>

ताप्लेजुङ, माघ १० गते।ताप्लेजुङको फुङ्लिङ नगरपलिका-५ बस्ने डिककुमार खवास र दिलकुमार खवासको घरमा मंगलबार आगलगी भएको छ।

अपरान्ह ४ बजेतिर अचानक सल्केको आगोले डिककुमारको काठले बनेको ३ तले घर , लत्ताकपडा, लगाएत सम्पूर्ण समानसमेत जल्दा अन्दाजी ११ लाख १६ हजार बराबरको क्षति भएको छ भने दिलकुमारको काठले बनेको तीन तले घर, नगद ६० हजार, सुनचाँदी लगाएत सम्पूर्ण समानसमते जल्दा अन्दाजी १५ लाख ८ हजार ५ सय मुल्य बराबरको धनमाल जलेर नष्ट भएको बताइएको छ।

आगलागी दमकल, नेपाल प्रहरी, नेपाली सेना, शसस्त्र प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा साँझ ५;३० बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

यता उदयपुरको त्रियुगा नगरपालिका-३ घर भइ हाल जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी हवल्दार घनश्याम पोखरेलको घरमासमेत मंगलबार आगलागी भएको छ।

बेलुका १० बजेतिर घरमा भएको किराना पसलबाट विधुत सर्ट भइ अचानक लागेको आगोले उनको किराना पसलमा रहेको सम्पूर्ण सामान तथा नगद १० हजार समेत जल्दा अन्दाजी २५ लाख बरबारको क्षति भएको छ।

आगलागी दमकल, प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्