पहाडी जिल्लाहरुमा गए रातिदेखि हिमपात सुरु

<span class='c1'>पहाडी जिल्लाहरुमा गए</span> <span class='c2'>रातिदेखि हिमपात सुरु</span>

उत्तर बिष्ट, डडेल्धुरा,माघ १० । डडेल्धुरा लगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा गए रातिदेखि हिमपात सुरु भएको छ । डडेल्धुरा सहित ७ नम्बर प्रदेशका विभिन्न पहाडी जिल्लामा हिमपातका कारण अत्यधिक चिसो समेत बढेको छ ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएसँगै चिसो बढेको हो । गएरातिबाट पानी परेसँगै आज बिहानदेखि हिमपात सुरु भएको हो । डडेल्धुरा सदरमुकाममा आज बिहान ५ बजेदेखी हिमपात सुरु भएको हो । भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन संचालनमा कठिनाई आएको छ । हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पु¥याएको छ । हिउँ जम्न थालेका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको छ । बाक्लो हिउँ परेसँगै यहाँका गाउँघर सेताम्य बनेपछि किसानहरु भने खुसी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्