आईटीका विद्यार्थीहरुलाई खुशीको खबर, बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअप हुदै

<span class='c1'>आईटीका विद्यार्थीहरुलाई खुशीको खबर, बिराटनगरमा २ दिने</span> <span class='c2'> दुई दिने वर्डप्रेस मिटअप हुदै</span>

विराटनगर १० माघ । बिराटनगरमा २ दिने दुई दिने वर्डप्रेस मिटअप हुने भएको छ । विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले आगामी माघ १३ र १४ गते विराटनगरमा रहेको आरोहण गुरुकुल हाटखोलामा वर्डप्रेस मिटअप हने भएको हो ।यस वर्डप्रेस विराटनगर मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरु रहनेछन् । दुइ दिन अायाेजना हुने कार्यक्रममा वर्डप्रेसको करियर, इन्टरप्रिनियरशिप तथा ब्लगिंङ प्ल्याट फर्मको बारेमा अनुभव तथा ज्ञान आदान प्रदान गरिनेछ ।
मिटअप कार्यक्रममा कलेजका आइटी बिद्यार्थी, आइटी प्रोफेसनल तथा आइटी इन्टरप्रिनियर तथा अन्य इच्छुकहरु सहित सो वर्डप्रेस इभेन्टमा २५० भन्दा बढी वर्डप्रेस उत्साहीहरु सहभागी हुने अनुमान गरिएको आयोजकको दावी छ ।

वर्डप्रेस विराटनगर मिटअप २०१८ मा वर्डप्रेस कम्युनिटी नेपालका प्रसिद्ध तथा प्रेरक अर्जुन सिङ ठकुरी, प्रभास कार्की, यम बहादुर क्षेत्रि, सुभाष खड्का, सुरेन्द्र श्रेष्ठ, निशल गुरुङ तथा पृथ्वीसिङ ठकुरी वक्ताहरु रहेने अायाेजक मध्येका एक निर्मल तामाङले जानकारी दिए ।

वर्डप्रेस मिटअपकाे पहिलाे दिन अाराेहण गुरूकुलमा र दाेश्राे दिन हाेटल श्रीकृष्णमा अायाेजना हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्