जन्ती बोकेको जीप दुर्घटना हुदा ११ जना घाइते

<span class='c1'>जन्ती बोकेको जीप दुर्घटना</span> <span class='c2'>हुदा ११ जना घाइते</span>

बैतडी । सतबाँझ–पाटन सडकखण्ड अन्तर्गत सिउडेमा जन्ती बोकेका जीप दुर्घटना  भएको छ । दुई जीप एक आपसमा ठोक्किँदा ११ जना घाइते भएका हुन्।

घाइतेमध्ये पाटन नगरपालिका- ५ का १७ वर्षीय विक्रम बोहरा, २७ वर्षीय दानसिंह विष्ट र सुर्नया-२ का २० वर्षीय महेश विष्टको जिल्ला अस्पताल बैतडीमा र बाँकीको स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षकले जानकारी दिएको छ ।

सिउडेबाट जन्ती बोकेर दोगडाकेदारतिर गइरहेको ग१ज ५१९२ नंको जिप र विपरीत दिशाबाट आइरहेको से१ज २१७ नं को जीप सिउडे बजार नजिकै ठोक्किँएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्