क्रिकेटमा शिक्षादीप र एभरेष्ट कलेज क्वाटरफाइलनमा प्रवेश

<span class='c1'>क्रिकेटमा शिक्षादीप र एभरेष्ट</span> <span class='c2'>कलेज क्वाटरफाइलनमा प्रवेश</span>

विराटनगर १० माघ । विराटनगरको बैजनाथपुरमा भएको क्रिकेटतर्पm शिक्षादीप र एभरेष्ट कलेज विजयी भइ क्वाटरफाइलनमा प्रवेश गरेको छ ।
पहिलो खेलमा शिक्षादीप कलेजले मेरिल्यान्ड कलेजलाई ३४ रनले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेरिल्यान्डले टस जितेर शिक्षादीपलाई पहिलो ब्याटिङको अवसर दिएको थियो । शिक्षादीपले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४४ रन बनायो । जसमा राज मगरले ४७ र रेवती यादवले ४३ रन बनाए । बलिङमा मेरिल्यान्डका अमित निरौलाले २ विकेट लिए ।
१ सय ४५ रनको विजयी लक्ष्य पाएको मेरिल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ११ रनमा समेटियो । जसमा अमित यादव ३० र निर्मल कामतले १९ रन बनाए । बलिङमा शिक्षादीपका सूर्य रौनियारले ३ विकेट लिए । म्यान अफ द म्याच शिक्षादीपका रेवती यादव भए ।
त्यस्तै दोस्रो खेलमा एभरेष्टले कोबास कलेजलाई ५ विकेटले विजयी हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । टस जितेर ब्याटिङ थालेको कोबासले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९९ रन बनायो । जसमा विशाल साह ३२ र राजकुमार मण्डलले १७ रन बनाए । बलिङमा एभरेष्टका सायार खरेल, सुदिन लम्साल र सचिन क्षेत्रीले २–२ विकेट लिए ।
१ सय रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको एभरेष्टले १३ ओभर खेल्दै ५ विकेटको क्षतिमा विजयी लक्ष्य पार गरेको थियो । जसमा म्यान अफ द म्याच सुदिन लम्सालले २८ र हर्ष यादवले १८ रन बनाए । बलिङमा कोबासका इजरायल खानले २ र राजकुमार यादवले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्