खोटाङमा बगरमा गाडिएको अवस्थामा एक बालिकाको शव फेला

<span class='c1'>खोटाङमा बगरमा गाडिएको अवस्थामा</span> <span class='c2'>एक बालिकाको शव फेला</span>

खोटाङ, रासस । खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव फेला परेको छ ।

रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईको आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा गएराति फेला परेको हो ।

बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीयले बताएका छन् ।

हत्या आशंकामा प्रहरीले सोही स्थानका गौमणि राईको १६ वर्षीय छोरा जीउधन राईलाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए ।
“पक्राउ परेका जीउधनले आफैँले बालिकाको हत्या गरेको स्वीकारेका छन्”–उनले भने, “के कारणले बालिकाको हत्या गरिएको हो भन्ने बारे अझै बुझ्न बाँकी छ ।”

स्थानीयले भने जीउधनले बालिकाको बलात्कारपछि हत्या गरेर लुकाउनका लागि खोलाको बगरमा गाडेको हुनसक्ने अनुमान गरेका छन् । पक्राउ परेका जीउधन र मारिएकी लुमणि नाताले दाजु बहिनी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्