भोजपुरका दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

<span class='c1'>भोजपुरका दुई वडाका सबै</span> <span class='c2'>घरधुरी सहकारीमा आबद्ध</span>

भोजपुर, माघ ११ गते । भोजपुरको पूर्वी अरुण गाउँपालिकाका दुई वटा वडाका सबै घरधुरी सहकारीमा आबद्ध भएका छन् । सो गाउँपालिकाको वडा नं १, याङपाङ र वडा नं २, चम्पेका सबै घरधुरी सहकारीमा आबद्ध भएपछि ती वडालाई सहकारीयुक्त वडा घोषणा गरिने गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

चम्पेमा बसोबास गर्ने ५९० घरधुरी पाथीभरा बचत तथा ऋण सहकारी संस्था र याङपाङका ६५४ घरधुरी अरुण बचत तथा ऋण सहकारी संस्थामा आबद्ध भएकोे चम्पेका वडा अध्यक्ष भुपेन्द्र रानामगरले बताउनुभयो ।

एक कार्यक्रमको आयोजना गरी दुवै वडालाई सहकारीयुक्त वडा घोषणा गर्ने तयारी भइरहेको पाथीभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कालीबहादुर खतिवडाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्