नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका सिधान्त पनि परे टिममा

नेपाली क्रिकेट टोलीको घोषणा , बिराटनगरका सिधान्त पनि परे टिममा

नामिवियामा हुने डिभिजन टुका लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । खेलाडी छनोट कमिटीले ४ वैकल्पिकसहित १८ सदस्यीय खेलाडी छनोट गरेको हो ।
पारस खड्काको कप्तानीमा रहेको नेपाली टिममा उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, सरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दिपेन्द्रसिंह ऐरी रहेका छन् ।

त्यस्तै टिममा दिलिप नाथ, ललित भण्डारी, अनिलकुमार शाह र रोहित कुमार पौडेल रहेका छन् ।

रोहितकुमार पहिलो पटक नेपाली सिनियर टोलीमा परेका छन् । नेपाली यु १९ टिमका भरपर्दा खेलाडी समेत रहेका रोहित ईपिएलमा राम्रो प्रदर्शन गरेपछि टिमको क्लोज क्याम्पमा परेका थिए ।

त्यस्तै वैकल्पिक खेलाडीमा सुनिल धमला, सिद्धान्त लोहनी, किशोर महतो र ललित नारायण राजवंशी रहेका छन् । डिभिजन टु फेब्रुअरी ८ देखि १५ सम्म नामिबियामा हुँदैछ । प्रतियोगितामा नेपालसहित नामिबिया, युएई, केन्या, क्यानाडा र ओमन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्