बिराटनगरलाई सुरक्षित बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

बिराटनगरलाई सुरक्षित बनाउनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

विराटनगर, माघ ११
विभिन्न ५ सुत्रिय माग राख्दै सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समिति विराटनगरले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बmुाएको छ । गत माघ ५ गते राती विराटनगरका व्यपारी पशुपति भगत माथि अज्ञात समुहद्धारा भएको आक्रमणको विषयलाई लिएर सुरक्षाको प्रत्याभुति दिलाउन माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा अपराधीलाई राजनितिक संरक्षण बन्द हुनुपर्ने, व्यपारी माथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गरि कारबाही गरिनुपर्ने, विराटनगरमा विषेश सुरक्षा व्यवस्था लागु गर्नुपर्ने उल्लेख गरिएको छ ।
व्यपारी भगतलाई आक्रमण गर्ने व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न समेत उक्त समितिले माग गरेको छ । सब्जी मण्डी तथा गुद्री बजार व्यवस्थापन समितिले घटनामा संलग्न व्यक्तिको पहिचान गरि तत्काल कारवाही नगरिए थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले विराटनगरको सुरक्षा व्यवस्था कडा पारिने आश्वासन दिए । उनले विराटनगरमा त्यस्ता प्रकृतिका घटना हुन नदिन प्रहरीको मोवाइल गस्ति परिचालन गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्