काठमाडौं । बालिका सँग अप्राकृतिक यौन गतिविधि गरी पक्राउ परेका नेपाली सेनाका सेनानी (मेजर)प्रभव विक्रम शाहलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
बुद्धनगरस्थित आफन्तको घरमा उनले १४ वर्षीया बालिकासँग अप्राकृतिक यौन गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए । शौचालयमा बालिकालाई आफ्नो यौन अंग चलाउन लगाएको अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।