राष्ट्रियसभा निर्वाचनका लागि भएको मनोनयन दर्तामा ८३ जनाको उम्मेदवारी परेको छ, जसमा १७ जना निर्विरोध भएका छन् ।
५९ सदस्यीय राष्ट्रिय सभाका लागि हरेक प्रदेशबाट ८÷८ जनाको दरले ५६ जना निर्वाचित हुनेछन् भने तीन जना सरकारको सिफारिशमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक ब्यवस्था छ ।