पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार

<span class='c1'>पाँच वर्षदेखि भारतको बहराइज जेलमा</span> <span class='c2'>रहेकी एक नेपाली बालिकाको उद्धार</span>

रुकुम । पाँच वर्षदेखि भारतको बहराइज जेलमा रहेकी एक नेपाली बालिकाको उद्धार गरिएको छ ।

जिल्ला बालकल्याण समितिले आठबीसकोट नगरपालिका– १ की छ वर्षीया करिष्मा विकलाई उद्धार गरेर नेपाल ल्याइएको हो । पाँच वर्षदेखि आफ्नी आमाका साथमा कारागारभित्र रहेकी बालिकालाई उद्धार गरिएको जिल्ला बालकल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिनुभयो । उनकी आमा अनिता कामी पाँच वर्षअघि लागुऔषध बिक्री वितरण तथा ओसारपसारमा संलग्न रहेको आरोपमा कारागार परेकी थिइन् ।

भारतीय अदालतको फैसलानुसार कामीले कारागार भुक्तान गर्न अब दुई वर्ष बाँकी छ । अनिता कारागार परेपछि परिवारको सम्पर्कबाट बिच्छेद भएकी थिइन् । करिष्माका बुबाको एक वर्ष पहिले मृत्यु भएको थियो । कारागारमा रहेकी कामीले आफ्नो श्रीमान्को मृत्यु भएको समेत थाहा नपाएको बालिकालाई उद्धार गर्न पुगेका बाल अधिकार अधिकृत ओलीले बताए ।

बालिकालाई कारागारमा असहज भएको र भारत सरकारले छ वर्षभन्दा बढी उमेरका बालबालिकालाई कारागारमा राख्न नमिल्ने जनाएपछि भारतमा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्था डिहातमार्फत बालकल्याण समितिसँग इमेलमार्फत पत्राचार गरिएको थियो । अहिले बालिकालाई प्रारम्भिक बालविकास केन्द्र काठमाडौँमा पठनपाठनका लागि राखिएको ओलीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्