नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट मोरङमा सहवाज हक

<span class='c1'>नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट</span> <span class='c2'>मोरङमा सहवाज हक</span>

विरटनगर, १३ माघ । नेपाल इम्ब्रोइडरी हेन्डीक्राफ्ट तथा सिलाई बुनाई श्रमिक संघ मोरङको शनिबार विराटनगरमा अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले सहवाज हकको को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा हमिद खान, महिला उपाध्यक्ष संगिता थापा , सचिवमा इमरान हुसेन, सह–सचिवमा डम्बर हिङमाङ र कोषाध्यक्षमा पुजा सहनी चयन भएका छन् । यसैगरी कार्यसमितिको सदस्यहरुमा सरस्वती क्षेत्री, मो. अफताब, असरद अली र सन्तोष पण्डित लगायत रहेको कार्यक्रम संयोजक अफजल हुसेनले जानकारी दिए ।
अधिवेशनको उद्घाटन सत्रमा संघले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संघले सिलाई कटाइमा मार्फत समाजलाई योगदान दिने सरस्वती क्षेत्री, मो. कादीर खान र हाजि महम्मद अर्सद हुसेनलाई सम्मान गरेको हो ।
सम्मानित व्यक्तित्वलाई नेपाल टे«ड युनियन प्रदेश नं. १ का अध्यक्ष नारायणबाबु कार्कीले दोसल्ला र सम्मान पत्रले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्