सिन्धुलीमा हावाबाट बिजुली उत्पादन, हावा र सौर्यप्रणालीले गाउँ उज्यालो

<span class='c1'>सिन्धुलीमा हावाबाट बिजुली उत्पादन, हावा</span> <span class='c2'>र सौर्यप्रणालीले गाउँ उज्यालो</span>

त्यस क्षेत्रका बासिन्दा अहिले हावा र सौर्यप्रणालीले गाउँलाई उज्यालो बनाइरहेका छन् । यसलाई ‘चिसापानी वायु तथा सौर्यमिश्रित मिनि ग्रिन्ड परियोजना’ नाम दिइएको छ ।

यसबाट ३५ किलोवाट विद्युत् उत्पादन भइरहेको जिल्ला समन्वय समिति सिन्धुलीका वातावरणीय अधिकृत सन्दीप उपाध्यायले जानकारी दिए ।

नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, एसियाली विकास बैंक र दक्षिण एसिया उपक्षेत्रीयको आर्थिक सहयोगमा वायु तथा सौर्यमिश्रित प्रणालीबाट विद्युत् उत्पादन गर्ने परियोजना सम्पन्न भइसकेको छ ।

नेपाल सरकार तथा एसियाली विकास बैंकको रु एक करोड ७२ लाख ५८ हजार ७५६ सहयोग, उपभोक्ता, हरिहरपुरगढी गाउँपालिका र जिल्ला समन्वय समिति सिन्धुलीको लागत रु १७ लाख ४० हजार ७ गरी कुल रु एक करोड ८९ लाख ९८ हजार ७७३ मा परियोजना सम्पन्न भएको वातावरणीय अधिकृत उपाध्यायले जानकारी दिए ।

परियोजनाको कुल क्षमतामध्ये १५ किलोवाट सौर्य र २० किलोवाट वायु गरी ३५ किलोवाट विद्युत् नियमित उत्पादन भइरहेको छ ।

बिहान १० बजेपछि वायुको कम चाप हुँदा विद्युत् उत्पादनमा केही कमी हुने हुँदा बिहान १० बजेपछि सौर्यप्रणालीबाट ब्याट्री चार्ज हुने र रातको समयमा सौर्यप्रणाली निस्क्रिय भइ हावाबाटमात्र ब्याट्री चार्ज हुने भएकाले यी दुवै मिश्रित प्रणालीबाट त्यस क्षेत्रका उपभोक्तालाई निरन्तर विद्युत् वितरण हुने उनको भनाइ छ ।

अहिलेसम्मकै नेपालमा पहिलोपटक वायु र सौर्यप्रणालीबाट एकै स्थानमा विद्युत् उत्पादन गरिएको उनले बताए ।

हाबाबाट बिजुली उत्पादन गर्ने लक्ष्यअनुरुप देशका विभिन्न स्थानमा विद्युत् उत्पादन गर्ने कार्य भइरहे पनि सिन्धुलीमा अहिलेसम्मकै सबैभन्दा बढी क्षमताको विद्युत् उत्पादन भएको हो ।

यसअघि, मकवानपुर, बागमति गाउँपालिका–५ मा सबैभन्दा बढी क्षमताको भोर्लेनी वायुऊर्जा प्रणालीबाट १५ किलोवाट क्षमताको विद्युत् उत्पादन भएको जिसस सिन्धुलीका वातावरणीय अधिकृत उपाध्यायले बताए ।

सो परियोजनाबाट ८५ घरपरिवार लाभान्वित भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्