इटहरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्रीस्टार क्लबलाई

<span class='c1'>इटहरी गोल्डकप फुटबल प्रतियोगिताको</span> <span class='c2'>उपाधि थ्रीस्टार क्लबलाई</span>

मदन भण्डारी फाउन्डेसनको सहयोगमा राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनामा शनिबार भएको फाइनल खेलमा थ्रीस्टारले ३७औं मिनेटमा बुद्ध चेम्जोङको गोलबाट अग्रता लिएको थियो । विमल घर्तीमगरको पासमा चेम्जोङले गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको उक्त खेलमा त्यसपछि गोल हुन सकेन र थ्रीस्टारले उपाधिमाथि कब्जा जमायो । उपाधिसँगै थ्रीस्टारले रु १२ लाख हात पारेको छ ।

झन्डै दुई वर्षसम्म फुटबल खेलमैदानबाहिर रहेको थ्रीस्टारले आफ्नो क्लबको लोगोमा पहिलोपटक प्रदेश–१ को खेलकुद सिटीको घोषणाको पूर्वसन्ध्यामा आकर्षक इटहरी रंगशालामा भाग लिँदै यतिधेरै राशिको पुरस्कारमाथि बाजी मार्‍यो ।

सो क्लबबाट खेलिरहेका खेलाडीहरूले व्यक्तिगत आर्थिक लाभका नगद पुरस्कारहरूसमेत प्राप्त गरे ।

थ्रीस्टारका अनन्त तामाङले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै रु २५ हजार र ४२ इन्चको कलर टेलिभिजन प्राप्त गरेका छन् । सोही क्लबका प्रशिक्षक मेघराज केसीले उत्कृष्ट प्रशिक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे ।

यसैगरी, थ्रीस्टारकै गोलरक्षक एलेन न्यौपानेले उष्कृष्ट गोलरक्षकको उपाधिसहित रु २० हजार प्राप्त गरे भने अजय मार्टिनले उत्कृष्ट मिकफिल्डर घोषित हुँदै रु २० हजार प्राप्त गरेका छन् ।

उपविजेता मनाङले रु पाँच लाख हात पार्‍यो । सोही क्लबका तर्फबाट सुजल श्रेष्ठले सर्वाधिक गोलकर्ताको उपाधिसहित रु १५ हजार प्राप्त गरे । मिडफिल्डरतर्फ मनाङका हेमन गुरुङले रु २० हजार र राइजिङ प्लेयरतर्फ आयोजक क्लबका खेलाडी विजय राई घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले शिल्ड र उपाधि प्रदान गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्