मोरङमा आगलागीबाट साढे चार लाख बराबरको क्षति

<span class='c1'>मोरङमा आगलागीबाट साढे चार</span> <span class='c2'>लाख बराबरको क्षति</span>

मोरङको कानेपोखरी गाउँपालिका-६ शिवटोल बस्ने युवराज खड्काको काठले बनेको १ तले कच्ची घरमा दिउँसो २ बजेतिर लागेको आगोले उनको भाडावर्तन, अन्नपात र लत्ताकपडा समेत जल्दा अन्दाजी २ लाख ६८ हजार मुल्य बराबरको क्षति भएको बताइएको छ।

आगलागी प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरीको टोली र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पथरीले जानएको छ।

यस्तै मोरङकै लेटाङ नगरपालिका-२ फडानी बस्ने श्याम बुडाथोकीको ग्वालीमा समेत शनिबार आगलागी भएको छ।

दिउँसो १२ बजेतिर खोले पकाउने क्रममा अचानक लागेको गोले उनको काठ पात तथा पराल समेत जल्दा अन्दाजी २ लाख बराबरको क्षति भएको बताइएको छ। आगलागी प्रहरी र स्थानिय मानिसहरुको सहयोगमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लेटाङले जानएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्