मोरङको एक बिद्यालयलाई हङकङबाट १ लाख ८० हजार सहयोग

<span class='c1'>मोरङको एक बिद्यालयलाई हङकङबाट १</span> <span class='c2'>लाख ८० हजार सहयोग</span>

पथरी ।  वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ ।

ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गर्नुभयो । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम सहयोग गरिएको खापुङले बताउनुभयो । आफूले हङकङमा विद्यालयका पूर्वविद्यार्थी र शुभेच्छुकसँग रु एक लाख ३० हजार संकलन गरेको र ग्रुपका तर्फबाट ५० हजार थप गरी सहयोग गरिएको खापुङले बताउनुभयो ।

यसअघि केबिआई गु्रपले उर्लाबारी—९ कै प्रभात आधारभूत विद्यालयलाई पनि कसल लिम्बूको नेतृत्वमा नगद एक लाख ७७ हजार ६०० सहयोग गरेको भीम पन्धाकले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्