भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकता लिन खोज्दा पक्राउ

<span class='c1'>भाइको छोरालाई आफ्नै छोरा बनाई</span> <span class='c2'>नागरिकता लिन खोज्दा पक्राउ</span>

रामेछाप । खाँडादेवी गाउँपालिका– १ राकाथुम लुभुका विनोद माझीले नक्कली छोरा बनाई नागरिकताको सिफारिस लिन खोज्दा वडा कार्यालयबाट पक्राउ परेका छन् ।

माझीले आफ्नो भाइको छोरालाई आफ्नै छोरा बनाई नागरिकताको सिफारिस लिन वडा कार्यालयमा पुगेका थिए । वडा कार्यालयमा पुगेका माझीलाई वडा अध्यक्ष विष्णु श्रेष्ठले शंका लागेर सोधपुछ गर्दा उनले नक्कली नागरिकता बनाउनको खोजेको थाहा पाएपछि उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरी जिम्मा लगाउनु भएको हो ।

पक्राउ परेका माझीलाई प्रहरीले सार्वजनिक मुद्धा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरिक्षक राजेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्