स्कुलबाट हाइकिङमा गएका विद्यार्थी हराए

<span class='c1'>स्कुलबाट हाइकिङमा गएका</span> <span class='c2'>विद्यार्थी हराए</span>

काठमाडौं । फूलचोकी गएका एक जना विद्यार्थी हराएको चार दिनसम्म पनि भेटिएनन् । अजय शिक्षा सदनको कक्षा ६ मा अध्ययनरत् विद्यार्थी १७ वर्षीय जोन तामाङ बेपत्ता भएका छन्।

तामाङको खोजीमा नेपाल प्रहरी, नेपाली सेना र अभिभावकसहितको टोली खटिए पनि उनलाई भेटिएको छैन ।
बेपत्ता तामाङको खोजी कार्य भइरहेको महानगरीय प्रहरी वृत, सातदोबाटोका डिएसपीले जानकारी दिएको हो। क्रममा विद्यार्थीसँगै हाइकिङमा गएका प्रिन्सिपल दुर्गाबहादुर ओलीलाई समेत नियन्त्रणमा लिएको प्रहरीले बताए। विद्यार्थी वेपत्ता भएको चार दिन वितिसक्दा समेत विद्यार्थी नभेटिएपछि आक्रोशित अभिभावकहरुले आइतबार महानगरीय प्रहरी वृत्त, सातदोबाटो परिसरमा नारावाजी गरेका छन् ।

उनीहरुले जोनको ‘कि सास चाहियो कि लास चाहियो’ भन्दै नारावाजी गरेका हुन् । गत बिहीबार विद्यालयका प्रिन्सिपल ओलीसहित ११ जना विद्यार्थी हाइकिङमा गएका थिए । फूलचोकी पुगेर फर्किने क्रममा जोन हराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्