बुढीगंगा गाउँपालिकाले सामुदायिक भवन कब्जा गरेको आरोप ।

<span class='c1'>बुढीगंगा गाउँपालिकाले सामुदायिक भवन</span> <span class='c2'>कब्जा गरेको आरोप ।</span>

सुमन तिमल्सिना
विराटनगर, माघ १५
मोरङको बुढीगंगामा समुदायबाट संचालित सामुदायिक स्वास्थ्य केन्द्र गाउँ पालिकाको स्वामित्वमा आएसँग विवाद चर्किएको छ। बुढीगंगा गाउँ पालिका वडा नम्बर ३ मा रहेको सामुदायिक केन्द्र भवन सम्बन्धित समितीलाई जानकारी नदिई गाउँ पालिकाले एकलौटी निर्णय गरेर कब्जामा लिएको समितीले आरोप लगाएको छ ।
गोरधनदास कमलावती परोपकारी प्रतिष्ठानको नामले दर्ता भएर २०६५ साल देखि संचालन आएको सामुदायिक स्वास्थ्य केन्द्र एकाएक वडाअध्यक्ष तिलक मण्डलको सिफारिसमा गाउँ पालिकाले आफ्नो स्वामित्वमा ल्याएर उद्घाटन कार्यक्रम गर्दैगर्दा समितिले आक्रोश पोखेपछि विवाद बाहिर आएकोहो । ‘शनीवारसम्म पनि समितिलाई जानकारी दिईएको थिएन, एकाएक सामुदायिक स्वास्थ्य केन्द्र उद्घाटनको लागि भन्दै आईतवार बोलाईयो, प्रतिष्ठानका उपाध्यक्ष नवराज विष्टले भन्नुभयो, बिधि र प्रक्रिया मिचेर सामु्दायिक केन्द्र आफ्नो स्वामित्वमा पार्नु गाउँपालिकाको कब्जा गर्ने निति हो ।’
प्रतिष्ठानको नाममा दर्ता भएर ८ कठ्ठा ऐलानी जग्गामा सामुदायिक भवन संचालनमा ल्याईएको थियो । बैशाख देखि ३ बेडको सामुदायिक स्वास्थ्य केन्द्र पुर्ण रुपमा संचालनमा ल्याउने तयारी भई रहेको बेलामा गाउँपालिकाले हप्तक्षप गरेर साम्दायिक स्वास्थ्य केन्द्र ल्याउनु कब्जा गर्ने नियत रहेको विष्टको आरोप छ ।
विदेशी संस्थाको सहयोगमा बैशाख देखि स्वास्थ्य केन्द्र पुरा नयाँ धारमा संचालन गर्ने बारेमा दातृ निकायसँग छलफल भएको थियो । गाउँपालिकाले सम्झौता नै नगरी गाउँपालिकाले अस्पताल संचालन गर्दैछ भन्ने बारेमा प्रतिष्ठान समितिलाई नै जानकारी नदिई आईतवार भब्य कार्यक्रमको आयोजना गरी बुढीगंगा गाउँपालिकाले आफ्नो स्वामित्वमा एकाएक रहेको घोषणा ग¥यो । त्यस पछि समितिका सदस्यहरुले गाउँपालिकाको गलत निर्णय भएको आरोप लगाएका हुन । बर्षौ देखि सामुदायिक संस्थाको रुपमा काम गर्दै अएको भएपनि त्यसलाई सामुदायिक रुपमा नै छलफल गरेर काम गरिनु पर्नेमा त्यसो नगरी गाउँपालिकाले एकलौटी रुपमा भवन कब्जा गरेको स्थानीयको आरोप छ ।
प्रतिष्ठानका सदस्य भुबनेश्वर मण्डलले गाउँ पालिकाले गरेको कदमको बिरोध गर्दै बिधि र प्रक्रियाको खिल्ली उडाईएको आरोप लगाउनुभयो । ‘समुदायले भवन नदिनै कुरै थिएन मण्डलले भन्नुभयो, जसरी जानकारी नदिई सामुदायिक अस्पतालको रुपमा उद्घाटन गरियो त्यो गलत भयो ।’ बुढीगंगा ३ का वडा अध्यक्ष तिलक मण्डालले सल्लाह भएर काम गरिएको भएपनि सम्झौता भने नभएको स्वीकार गर्नुभयो ।

साविकको टंकी सिनवारी हालको बुण्ीगंगा गाउँ पालिका वडा नम्बर १,२ र ३ लाई लक्षित गरेर सामुदायिक स्वास्थ्य केन्द्र संचालनमा गाउँपालिकाले थप लगानी गर्ने छ । सुविधा सम्पन्न अस्पताल बनाउने योजनाका साथ खाली रहेको जग्गामा सामुदायिक भवनलाई प्रयोगमा ल्याएर अस्पताल संचालनको अबधारण ल्याईएको गाउँपालिकाले जनाएको छ । सम्झौता गनुर्् पर्ने बिषयमा हचुवाको भरमा निर्णय हुँदा समस्या आएकोमा धेरैलाई चित बुझेको छैन । स्वास्थ्य संचालनमा ल्याउने बारेमा गाउँपालिकाले गरेको निर्णय सकारात्मक भएपनि सामु्दायिक रुपमा संचालन हुँदै आएको यो भवन गाउँ पालिकाले कसैलाई जानकारी नै नदिई आफुखुसी सामुदायिक स्वास्थ्य केन्द्रको रुपमा स्थापित गर्नु गलत भएको स्थानीयको आरोप छ। तर आईतवारै एक कार्यक्रमको आयोजना गरी सामुदायिक स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ । प्रदेश सभा सांसद केदार कार्कीले केन्द्रको उद्घाटन गर्दै केन्द्र संचालनमा आएसँगै स्थानीयलाई सजिलो हुने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्