“गाउँमा कबिता” मा काठमाण्डौ देखि दार्जिलिङ सम्मका कविको कविता वाचन

<span class='c1'>“गाउँमा कबिता” मा काठमाण्डौ देखि</span> <span class='c2'>दार्जिलिङ सम्मका कविको कविता वाचन</span>

सुमन तिमल्सिना
विराटनगर, १५ माघ ।
कवि र कविताको जमघट हुने मेलो बनेको गाउँमा झोराहाट नाट्य केन्द्र हरेक महिना आयोजना गर्ने गाउँमा कबिता । यो क्रम विगत २ बर्ष पहिलो देखि हँुदै आएको हो ।
विभिन्न क्षेत्रमा कवितालाई मायाँ गर्ने तथा साहित्यमा योगदान दिँदै आएका साहित्यकारहरु मध्य छानिएका कविहरु यसै गरी यो कठघरामा उभिएर ४ वटा कबिता वाचन गर्ने परम्परा अनुसार उसैगरी काठमाण्डौ देखि दार्जिलिङ सम्मका कविले कविता वाचन गरे ।
दार्जिलिङका युवा कवि मनोज बोगटीले आफ्नो कबिता सुनाई रहँदा नेपाली भाषि भारतियले नेपाललाई कति धेरै मायाँ गर्दा रहेछन् भन्ने स्पष्ट झल्किन्थ्यो । दार्जिलिङमा पत्रकारिता समेत गर्दै आएका बोगटीले भान्छाघरमा स्कुल, दिदी तथा ईश्वर लगायतका ४ वटा कबिता वाचन गर्नु भएको थियो । त्यस्तै धादिङल की कवि सुनिता खनालले भर्खरै बजारमा ल्याउनु भएको पुस्तक ओ नायकले सबैलाई हौस्याएको थियो । नयाँ पुस्कत ओ नायकबाट नै आफ्नो कविता सुनाउन थाल्नु भएकी खनालले एक हप्ता अघि मात्र कविता संग्रह ओ नायक बजारमा ल्याउनु भएको हो । त्यो सँगै उहाँले नारीको भावना बोकेको ४ वटा कविताहरु वाचन गर्नुभयो । खानलले भन्नभयो, हामी कविहरुको लागि यो गाउँमा कविता सुनाउन पाउनु खुसीको कुरा हो । यसै गरी झोराहाट नाट्य केन्द्रले अहिले सम्म गरेका कामको प्रशंसा गर्दै कविहरुलाई एकै ठाउँमा भेला गरेर गाउँमा कविता सुनाउने वातावरण सिजर्ना नयाँ अभ्यास भएको बताउनुभयो ।्धनकुटाका साहित्यकार रोशन परियारले वाचन गर्नु भएको द माई, गर्भवती पुरुष, सुकुम्वासी मृत्यु र भोज कविता सुनाई रहँदा धेरै दर्शकलाई भावनामा बहकाएको थियो । परियारको कविता सुनि रहँदा प्राज्ञ खेम नेपालीले प्रतिक्रिया दिँदै भन्नुभयो, सहित्यमा यस्ता रसहरु भएका विले धेरैलाई क्षणभर मै रुवाउन सक्ने क्षमता बोकेका हुन्छन् ।
यसरी कविता भन्न गाउँमा कविताको श्रृङ्खलामा पुग्ने कविहरुमा सामाजिक संघ संस्थामा रहेर योगदान दिँदै आएका एनजीओर्की अगुवाहरु पनि रहेका छन् । कविता श्रृङखला अन्तरगत कविता वाचन गर्न पुग्नू भएकी शोभा बजगाईले हत्या, भयानक आँखा, सम्भोग लगायतका कविता वाचन गर्नुभयो । उहाँले साहित्यको सिर्जृना मार्फत समाज रुपान्तरणमा भुमिका खेलन सकिने बताउनुभयो ।
नेपाली साहित्यको उर्वर भुमि बनाउनको लागि झोराहाटमा नाटकघरको निर्माण भएसँगै बिभिन्न क्षेत्रको साहित्यकारहरुको जमघट हुँदै आएको छ। साहित्यीक फाँटमा कहलिएका र आफ्नो छुट्टै स्थान बनाई सकेका साहित्यकारहरुलाई यो मञ्चमा ल्याउने अभियानको शुरुवात गरिएको केन्द्रका अध्यक्ष भरत गुरागाईले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्