मदिरा सेवन र बिक्री वितरणमा प्रतिबन्ध लगाएपछि गाउँघरमा शान्ति

<span class='c1'>मदिरा सेवन र बिक्री वितरणमा</span> <span class='c2'>प्रतिबन्ध लगाएपछि गाउँघरमा शान्ति</span>

मदिराकै कारण गाउँको बदनाम हुन थालेपछि गाउँपालिकाले मदिरा बिक्री वितरण र सेवनमा प्रतिबन्ध लगाएको हो ।

गाउँपालिकाले मदिरा बिक्री वितरण गर्नेलाई २० हजार र खाएर होहल्ला गर्ने सर्वसाधारणलाई ५ हजार र कर्मचारी भए १० हजार रुपैयाँसम्म जरिवाना गराउने निर्णय गरेको छ ।

यसबाट संकलित रकमबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकको दाँतसम्बन्धी उपचार गराउने योजना गाउँपालिकाले बनाएको छ ।

मदिरा सेवनका कारण भएका झगडामा खप्तड छान्ना गाउँपालिकामा दुई वर्षको बीचमा चार वटा हत्याका घटना भएका थिए ।

त्यसैगरी १० वटा ज्यान मार्ने उद्योगसम्बन्धी घटना पनि मदिरा सेवनकै कारण भएको इलाका प्रहरी चौकी छान्नाको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी गाउँमा महिला हिंसाका घटनामा पनि बढ्दै गएपछि गाउँपालिकाले मदिरा बिक्री र सेवनमा रोक लगाएको थियो ।

गाउँपालिकाले मदिरा बिक्रीवितरणमा रोक लगाएपछि गाउँमा शान्ति छाएको छ । विशेष गरी महिलाहरुले गाउँमा ढुक्कका साथ हिँड्डुल गर्ने वातावरण मिलेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्