प्रदेश नं १ को स्थायी राजधानी धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त

<span class='c1'>प्रदेश नं १ को स्थायी राजधानी</span> <span class='c2'>धनकुटालाई बनाउन पहल गरिने प्रतिबद्धता व्यक्त</span>

प्रादेशिक राजधानी धनकुटा अभियान समितिले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँहरुले संविधानले दिएको अधिकार र सीमा रहेर प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउन आआफ्नातर्फबाट सहजीकरण र सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा उद्योगमन्त्री सुनिलबहादुर थापाले सबै किसिमले उपयुक्त रहेको धनकुटालाई प्रदेश नं १ राजधानी बनाउन कुनै कसूर बाँकी नराखी सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

धनकुटा क्षेत्र नं १ का नवनिर्वाचित प्रदेशसभा सदस्य निरन राई र इन्द्रमणि पराजुली, पूर्वसांसद मनोहरनारायण श्रेष्ठ र नेपाली काँग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले धनकुटालाई राजधानी बनाइने आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँहरुले आन्दोलन भइरहेको क्षेत्र धनकुटामै वार्ता गर्नुपर्ने, त्यहाँको भौतिक संरचनाबारे अध्ययन गर्न प्रतिनिधिमण्डल पुनः पठाउनुपर्ने, आन्दोलनबाट भएको क्षति सरकारले व्यहोनुपर्ने र धनकुटालाई स्थायी राजधानी बनाउनुपर्ने माग प्रस्तुत गर्नुभएको थियो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, काँग्रेस धनकुटाका सभापति अग्निप्रसाद पौडेल, चौबीसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल, नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेल, नेकपा (माओवादी केन्द्र) का नेता गीता खेवा लिम्बूलगायतले धनकुटालाई स्थायी प्रादेशिक राजधानी बनाउन लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्