हिसान स्पोर्ट्स मिट सुनसरी आजबाट सुरु

<span class='c1'>हिसान स्पोर्ट्स मिट</span> <span class='c2'>सुनसरी आजबाट सुरु</span>

इटहरी,  माघ १५ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालयको छाता संगठन हिसान सुनसरीले साप्ताहब्यापी खेलकुद कार्यक्रमको आयोजन गर्ने भएको छ । लामो सयमदेखि निजि क्षेत्रबाट शिक्षा प्रदान गर्ने कार्यमा संलग्न रहेको हिसान सुनसरीले आइतबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै साप्ताहब्यापी कार्यक्रमको आयोजना गर्ने जानकारी दिएको हो ।
निजि विद्यालय प्लस टुमा अध्ययनरत विद्यार्थीहरुको प्रतिभा र क्षमताको प्रदर्शन एवम् प्रतिस्प्रधाको भावना जागृत गर्ने उदेश्यले माघ १४ गतेदेखि माघ २० गते सम्म सुनरीको धरान र इटहरीमा साप्ताहब्यापी कार्यक्रमको आयोजना गर्न लागेको हिसान सुनसरीका अध्यक्ष मुकुन्द घिमिरेले पत्रकार सम्मेलनमा जानकारी दिए ।
कार्यक्रमहरुमा फुडबल,क्रिकेट, बास्केटबल, भलिवल, हाजिरी जवाफ, नृत्य गर्नलागेको घिमिरेले बताए । सो प्रतियोगितामा विजेता हुने विद्यालयलाई ट्रफि तथा प्रमाण पत्र र विद्यार्थीलाई मेडल तथा प्रमाण पत्र वितरण गरिने हिसान सुनसरीका अध्यक्ष घिमिरेले जानकारी दिए । स्पोर्ट्स मिटको प्रायोजकमा इटहरी इन्टरनेसनल कलेज रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्