वर्डप्रेस मिटअप विराटनगरमा भव्य रुपमा सम्पन्न

<span class='c1'>वर्डप्रेस मिटअप विराटनगरमा</span> <span class='c2'>भव्य रुपमा सम्पन्न</span>

विराटनगर १५ माघ । बिराटनगरमा २ दिने दुई दिने ‘वर्डप्रेस मिटअप २०१८’ भव्यरुपमा सम्पन्न भएको छ ।
विराटनगरमा रहेको वर्डप्रेस कम्युनिटीले हाटखोला आरोहण गुरुकुल र होटल श्रीकृष्णमा यहि माघ १३ र १४ गते विभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथि पूर्व सुचना तथा सञ्चारमन्त्री शेरधन राई रहेका थिए । प्रमुख अतिथी रहेका सञ्चारमन्त्री राईले यस्ता सुचना प्रविधी सम्बन्धी कार्यक्रमहरु गर्न आवश्यक रहेको बताए । २१ औं शताब्दीमा सुचना प्रविधीले निकै लामो फड्को मारी सकेका कारण सुचना प्रविधीमा अहिलेका युवा पुस्ता सुचना प्रविधीसँग जोडिएर काम गर्नु पर्ने उल्लेख गरे । कार्यक्रममा स्वागत मन्तव्य आरोहण गुरूकुलका खेम नेपालीले गरेका थिए भने समापन नेपाल सरकारको सुचना तथा प्रविधि समितिका सदस्य समेत रहेका निर्मल तामाङले गरेका थिए ।
तालिममा प्रविधि व्यावसायी शाण्डिल्य काफ्लेले वर्डप्रेसको थिम डेभलपमेन्टका विषयमा तालिम दिएका थिए । मिटअप २०१८ मा काठमाण्डौ ,पोखरा तथा बिराटनगरबाट पनि वक्ताहरुको सहभागिता रहेको थियो । दुइ दिने वर्डप्रेसमा कार्यक्रममा वर्डप्रेसको करियर, इन्टरप्रिनियरशिप तथा ब्लगिंङ प्ल्याट फर्मको बारेमा अनुभव तथा ज्ञान आदान प्रदान गरिएको थियो ।
मिटअप कार्यक्रममा कलेजका आइटी बिद्यार्थी, आइटी प्रोफेसनल तथा आइटी इन्टरप्रिनियर ३ सय विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
वर्डप्रेस विराटनगर मिटअप २०१८ मा वर्डप्रेस कम्युनिटी नेपालका प्रसिद्ध तथा प्रेरक अर्जुन सिङ ठकुरी, प्रभास कार्की, यम बहादुर क्षेत्रि, सुभाष खड्का, सुरेन्द्र श्रेष्ठ, निशल गुरुङ तथा पृथ्वीसिङ ठकुरीले शहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्