नर्सिङ दिवसको अवसरमा नर्सिङ क्षेत्रमा योगदान पुयाउनेलाई सम्मान

<span class='c1'>नर्सिङ दिवसको अवसरमा नर्सिङ</span> <span class='c2'>क्षेत्रमा योगदान पुयाउनेलाई सम्मान</span>

विराटनगर १५ माघ । नर्सिङ दिवशको अवसरमा सोमबार विराटनगरमा नर्सिङ क्षेत्रमा योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

नेपाल नर्सिङ संघ जिल्ला कार्य समिति मोरङको आयोजनामा गरिएको कार्यक्रममा नर्सिङ पेशामा लामो समयसम्म आवद्ध रही सेवा निवृत्त भएका शान्ति टन्डन, हाङकोन युमा राई, सकुन्तला भट्टराई, पुनम गिरीलाई सम्मान गरिएको छ ।
यस्तै उत्कृष्ट कार्य गर्ने टिउ नर्सिङ क्याम्पस विराटनगरकी प्रमुख भगवती कालीकोटेलाई सम्मान गरिएको छ । सम्मानित व्यक्तिहरुलाई विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र नर्सिङ संघ मोरङकी अध्यक्ष कविता अधिकारीले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल नर्सिङ संघ केन्द्रीय सदस्य अञ्जुला कार्की र नर्सिङ संघ मोरङकी अध्यक्ष कविता अधिकारीले नर्सिङहरुको पेशालाई राज्यले सम्मान गर्न नसकेको बताईन् ।
यस्तै नर्सहरुलाई धेरै समय खटाइने र आवश्यक पारिश्रमीक नदिदा पनि राज्य मौन रहेको बताईन् । निजी अस्पतालहरुमा अझै बढी नर्सहरुको शोषण हुने गरेको उनले आरोप लगाईन् । स्वास्थ्य मन्त्रालय अन्तर्गत छुट्टै नर्स महाशाखा स्थापना गरी नर्सिङ पेशालाई व्यवस्थित बनाउन पनि माग गरिन् । कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले नर्सिङ पेशा उत्कृष्ट पेशा रहेको भन्दै नर्सहरुको पारीश्रमीक र व्यवस्थापनका लागि पहल गर्ने बताए । मेयर पराजुलीले विराटनगरमा नर्सिङ संघको भवन निर्माणका लागि जग्गाको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्